मुख्य खबर

पुराना फरार आरोपीहरु समातिने र नयाँ फरार हुन नपाउने गृहमन्त्री लामिछानेको दाबी


  काठमाण्डौ   सवाल नेपाल   २०७९ माघ ७, शनिबार ११:३२

काठमाण्डाै – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपीहरू समातिने तथा नयाँ आरोपीहरु फरार हुन नपाउने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले आफूले हिजो बोलेका शब्द–शब्दको हेक्का रहेको बताउँदै कुनै पनि आरोपीहरु फरार हुन नपाउने बताउनु भएको हाे । नागरिकसँग भोट माग्दा गरेका वाचाहरुको आफूलाई हेक्का रहेको र ती वाचा पूरा गर्न तथा नागरिकको जीवन बदल्न मेहनत गरिरहेको उहाँको भनाइ छ ।

‘धुलो धेरै छ, पुरानो छ थोरै पर्खिनु चाहिँ पर्छ’ गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई हिजो कर्तव्य ज्यान मुद्दाको अभियोगमा फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन समेत दिएको छ ।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार