राजधानीको क्षेत्रपाटीस्थित स्कूलबाट एक पाँच वर्षीय बालक अपहरण भएको घटनाको रहस्य पत्ता लगाएको दावी नेपाल प्रहरीले गरेको छ।

बालक अपहरण गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले राजु विश्वकर्मा र विष्णु पाण्डेलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ।

अपहरणका मुख्य नाइके २६ वर्षीय राजु विश्वकर्मा बालकका बाबुका बाल्यकालदेखिका साथी थिए। साथी भएकै कारण सजिलैसँग उनले अपहरण गरेको एसएसपी दिनेश अमात्यले पत्रकार सम्मेलनमा बताए।

बालक अपहरण गरी गोठाटारस्थित मोतीलाल थापाको घरमा राखे पनि राजु बालकका पिता राजु चौधरीसँगै हुन्थे। उनले छोरा हराएको बारे राम्रोसँग अनुसन्धान नगरे स्कूल जलाउनु पर्छ भनी स्कूलमा गई राजुलाई उकास्ने कामसमेत गरेको प्रहरीले बताएको छ।

त्यसैगरी अपहरणमा सहयोग गरेको आरोपमा विष्णु पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ।

५० लाख रुपैयाँ फिरौति मागे पनि पैसा आउने नदेखेपछि उनीहरुले बालककलाई काँडाघारीमा सकुशल छाडेका थिए।

एसएसपी अमात्यले बालक अपहरण भएको दुई दिनमै पत्ता लगाए पनि बालक भएकोले सकुशल उद्दार गर्न समय लागेको दावी गरे।

पक्राउ परेका विश्वकर्मा ललिपुरमा मार्वलको ब्यापार गर्दै आएका छन्।

बालकलाई साउन १२ गते क्षेत्रपाटीमा रहेको शान्ति शिक्षा माध्यमिक विद्यालयबाट दिउँसो अपहरण गरिएको थियो। अपहरण गरेको ५ दिनपछि अपहरणकारीले बालकलाई छाडेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah