आज माघ शुक्ल पंचमी जसलाई वसन्तपंचमी पनि भन्ने गरिन्छ, आजको दिन ज्ञानकि देवी सरस्वती लाइ मानेर पूजा गर्ने गरिन्छ। आजकै दिन सरस्वती देवीको जन्म भएको विभिन्न पौराणिक ग्रन्थहरुमा उल्लेख गरिएको छ।

केहि कथाहरुमा ब्रह्माण्डको सृष्टि भएपश्चात पनि जीवन रंगहीन, विवेकहीन भएकोले आदिशक्तिहरु मिलेर एक दिव्यज्योतीको सृजना भएको र उक्त ज्योती नै ज्ञान, वुद्धि विवेककी देवी सरस्वतीमा परिणत भएको विश्वास गरिन्छ भने केहि कथाहरुमा सृष्टिका रचयिता ब्रह्माले प्राणीहरुमा ज्ञान, वुद्धि विवेक र चेतना छर्नको निम्ति आफ्नो मुखबाट देवी सरस्वतीको रचना गरेको भन्ने पनि विश्वास गरिन्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वसन्तपंचमीको दिन पौराणिक कालदेखि नै देवी सरस्वतीको पुजा आजा गर्ने चलन चल्दै आएको छ, आज विहान शुद्ध भएर देवी सरस्वतीको भक्ति एवं पुजाआजा गर्दा देवी प्रसन्न भइ ज्ञान, वुद्धि , विवेकको वरदान दिनुहुन्छ भन्ने जनविश्वास रहिआएको छ ।