चुलाचुली रंगमञ्चले आफ्नो नवौं वार्षिकोत्सवको अवसर पारेर माघ १० र ११ गते दुइ दिनको चुलाचुली पाठशाला नाट्य महोत्सव सम्पन्न गरेको छ। चुलाचुली ३ स्थित शिववरक मिलन पोखरीको जंगलमा भएका पात पतिंगर सफा गरि स्टेज बनाई वरिपरी दर्शक बस्ने प्याराफिट बनाई महोत्सव सम्पन्न भएको हो ।

 

 

उक्त महोत्सवमा झापा, मोरंग, ईलाम र पाँचथरका विभिन्न विद्यालयका १० नाटकहरु प्रस्तुत भएका थिए जसमध्ये पहिलो दिन चुलाचुली रंगमञ्चको तर्फबाट मनिष मगरको निर्देशनमा बनेको नाटक मेला, चुलाचुली २ को अमृत बोर्डिंग स्कुलको तर्फबाट सन्तोष वाहिङ राई द्वारा निर्देशीत नाटक देउकी, भानु मावि चुलाचुली ५ को तर्फबाट राज फागो द्वारा निर्देशीत नाटक वातावरण, शब्द थिएटर र रेड स्टार बोर्डिंग पथारिको सहकार्यमा सुमन बराल द्वारा निर्देशीत नाटक छोरी मान्छे भएर, बाल ज्योति मावि को तर्फबाट जेम्स लिम्बु द्वारा निर्देशीत नाटक ख बाट प्रदर्शन गरिएको थियो।

माघ ११ गते भने कदम थिएटर दमक र सर्वोदय बोर्डिंगको सहकार्य र निर्देशकद्वय दिपक र मनिक द्वारा निर्देशीत नाटक चकलेट, पन्चकन्या आ. वि. चुलाचुली २ को तर्फबाट जंगबहादुर आङथुपो को निर्देशनमा नाटक द बर्ड, पंचबुद्ध एकेडेमी चुलाचुली ४ को तर्फबाट रुपबहादुर लिम्बुको निर्देशनमा नाटक पुनर्जीवन, अनिल सुब्बाको निर्देशनमा चुलाचुली रंगमंच इलामको तर्फबाट नाटक यो मेरो कथा नहुन सक्छ, त्यसैगरी मिक्लाजुङ नाटक घरको तर्फबाट गणेस कुमार लिम्बुको निर्देशनमा नाटक साइड इफेक्ट गरि जम्मा १० वटा नाटक प्रस्तुत भएका थिए।

विद्यार्थीहरु आफैँ नाटकका कलाकार बनेका थिए, सो अवसरमा नाटक मात्र नभएर चित्रकला समेत प्रदर्शनी गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv