दमक ८ स्थित वडा कार्यालयको प्राङ्गणमा आज दलित भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन समिति र वडा कार्यालयको संयोजनमा भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिहरुमध्ये २९८ जनालाई निस्सा वितरण गरिएको छ।

कार्यक्रममा दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईं, नेपाली कांग्रेस क्षेत्र नं ५ का सभापति ढुण्डिराज भण्डारी, नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईं, नेकपा माओवादी केन्द्र दमक नगर अध्यक्ष रवि बस्नेत नेकपा एकीकृत समाजवादीका दमक नगर सचीव सुवास सुवेदी, राप्रपा दमक नगर सचीव अर्जुन रेग्मी दमक १० का वडाध्यक्ष राजेन्द्र भण्डारी साथै व्यवस्थापन समितिका सदस्यहरुको आतिथ्यता रहेको थियो भने कार्यक्रमको अध्यक्षता वडा नं ८ का वडाध्यक्ष दिपेश दाहालले कार्यक्रमको अध्यक्षता गरेका थिए।

कार्यक्रममा बोल्दै उपप्रमुख रेगिना भट्टराई प्रसाईंले अब निस्सा प्राप्त गरेर आफुले उपभोग गरिरहेको जमिनको स्वामित्व पाउने कुरामा प्रथम चरणको सुनिश्चितता प्राप्त भएको जानकारी गराइन। त्यो मात्र होइन, महिला उद्यमशीलता लाई जोड दिदै आय आर्जन गर्न सक्षम बनाउने प्रयास समेत हामीले शुरु गरिसकेका छौं, उनले थपिन।

दमक नगर प्रमुख रामकुमार थापाले आफुहरुले ६ महिना भित्रमा सुकुम्बासीहरुलाई जग्गा दिलाउछौं भने पनि निस्सा वितरण गर्नै ८ महिना लागेकोमा क्षमायाचना समेत गरे। उनले अगाडी थपे, अब वडा नं ३ को निस्सा वितरण सकेपश्चात हामी धनीपुर्जा वितरणको प्रक्रियामा जानेछौं । एक हप्ता भित्र वडा नं १० मा ४७ वटा धनीपुर्जा वितरण गर्नेछौं। उनले दमक अस्पतालमा उपचारको निम्ति बिरामी हरुले पाइरहेको सास्तीको बिषयमा आफू जानकार रहेको र ल्याब तथा काउन्टर व्यवस्थापनको निम्ति आफुहरु प्रयास गरिरहेको समेत बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय