भरतपुर महानगरको मतपरिणामले अहिले नेपालमा मात्र होइन बिश्वमा चर्चा पाएको छ । सामाजिक सञ्जालमा भरतपुर नै छाएको छ ।
पछिल्लो मत परिणामले नेकपा एमालेका प्रमुखका उम्मेदवार देबीप्रसाद ज्ञवालीले संकटमा परेकाछन् । अत्यन्त ठूलो जोखिममा रहेकाछन् ।
माओबादी केन्द्र र काग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहाल पनि फुरुंग बन्ने अवस्था आएको छ । उनले एक सय भन्दा कम मतको मतान्तर बनाइएकीछन् ।
७ सयभन्दा बढि मतान्तर घटाएर उनले सयभन्दा कममा झारेकी हुन् । उनी पनि जित तर्फ लम्किरहेकीछन् ।
ज्ञवालीको मत एमाले र उनका लागि अनपेक्षित रहेको छ । माओबादीहरु भने उत्साहित भएकाछन् । काँग्रेस पनि उत्साहित देखिएको छ ।
सामाजिक सञ्जालमा दोहोरी चल्न थालेको छ मत परिणामको बिषयमा । यहि गतिमा दाहालले मत ल्याउने हो भने २ देखि ३ सय मतान्तरले दाहालले जित्ने अनुमान लगाउन थालिएको छ । तर एमाले पनि अझै आशाबादी भने रहेको बताइन्छ ।
दाहाल र ज्ञवालीबीचको मतान्तर अपरान्ह ३ बजेसम्ममा ७६ को रहेको छ ।



