दाेलखा – दोलखाको कालीञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट बजार क्षेत्रका ९ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेँढाई, दुर्गा दहाल, चित्रप्रसाद सेँढाई, स्वस्तानी खड्का, शङ्कर ओली, पुस्कर ओली, रुद्रबहादुर ओली, गोपीलाल थामी, कमला खाती , रामबहादुर थामीको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । गएराति ११ बजेदेखि लागेको आगो अझै निभाउन नसकिएको कालीञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिनुभयो ।

रुद्रबहादुर ओलीको घरबाट आगलागी सुरु भएको आशङ्का गरिएको छ । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि आगलागीको कारण खुल्न सकेको छैन । प्रहरी, स्थानीय बासिन्दा र दमकलले आगो निभाउने प्रयास गरिरहेको छ।

आगलागीबाट करोडौँको क्षति भएको छ भने पशुचौपाया पनि मरेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय