काठमाडौं– सत्तापक्षीय गठबन्धन काँग्रेस–माओवादी र विपक्षी एमालेका लागि प्रतिष्ठाको विषय बनेको भरतपुर महानगरपालिकाको स्थानीय तहको चुनावको अन्तिम नतिजा अवका केही घण्टापछि आउन सक्छ, यदि कुनै नाटकीय ‘दूर्घटना’ भएन भने । पहिलो र दोस्रो चरणका सवै निर्वाचन ओझेलमा पार्ने गरी भरतपुरमा भएको थियो भरतपुरमा प्रतिष्ठाको लडाई ।

मतपत्र च्यातिएको प्रकरण निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुग्यो । तर, अन्तिम निर्णयका लागि फेरि जनताकहाँ जाने निर्णय भयो । यही कारण दुवै पक्ष आफ्नो परीक्षणका लागि साउन २० गते अर्थात शुक्रवार फेरि ‘जनअदालत’ मा हाजिर भए । सर्वोच्चको फैसलामा पनि दुवै पक्षले आ–आफ्नो सुविधामा ब्याख्या गरेका थिए ।

जनताले आफ्नो निर्णय दिए । मतमा सत्तापक्षीय गठबन्धनलाई फाइदा भयो । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना शुक्रवार राती १०ः३० बजेदेखि सुरु भएको थियो । करिव १२ घण्टामा मतगणना सकियो । तर, अन्तिम नतिजाका लागि २० नम्वर वडाको मत गणना सकिनुपर्नेछ । मेयरको लडाईंमा एमाले र माओवादीका नेता छन् । तर, निर्णायक मतदाता काँग्रेसका छन यहाँ ।

पहिलो चरणको मतगणनाका क्रममा भरतपुर महानगरपालिका वडा नं १९ को मतगणनाको अन्तिम चरणमा आइपुग्दा जेठ १४ गते राति मत्रपत्र च्यातिएको थियो । मतपत्र च्यातिएसँगै रोकिएको मतगणना शुक्रवार पुनःमतदानपछि सुरु गरिएको थियो । रातो पाटि मा लेखिएको छ 

१९ नम्वर वडाको मतगणना सकिदासम्म दुवैपक्ष आ–आफ्नो जितको सम्भावनालाई देखिरहेका छन् । सर्मथकहरुको मुटुको घडकन बढेको छ । मतदाताहरु हरपल मतगणनास्थलको ‘अपडेट’ जान्न चाहेका छन् । बालकोट र लाजिम्पाटको नजर भरतपुरमै छ । सामाजिक संजालमा स्टाट्स लेखेर समर्थकहरुले मनोरन्जन लिईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय