नेकपा एकीकृत समाजवादी को भात्री संगठन युवा संघ नेपालको प्रदेश स्तरिय दोस्रो बैठक आज इटहरी स्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ।

सो अवसरमा पार्टी उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज घनेन्द्र बस्नेतले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए भने विशिष्ठ आतिथ्यता पार्टी उपाध्यक्ष तथा पार्टी पोलिट्ब्युरो सदस्य धर्म राज निरौलाले ग्रहण गरेका थिए।

यसैगरी अतिथीहरुमा युवा संघ नेपालका उपमहासचिव सन्जिव राई, सचिव अन्जु काङ्बाङ, सचिव डिप्लभ राई, सचिव गौरिमान परियार लगायतको उपस्थिती थियो

कार्यक्रमको अध्यक्षता युवा संघ नेपालका सचिव तथा प्रदेश १ अध्यक्ष प्रत्युस राना ले गरेका थिए भने बैठक सन्चालन , सन्दिप राई, युवा संघ नेपाल स्थायी कमिटी सदस्य र प्रदेश १ सचिव सन्दिप राइले गरेका थिए।

बैठकले एक महिना संगठन निर्माणका लागि अभियान सन्चालन गर्ने निर्णय गर्नुको साथै प्रदेशका १४ वटै जिल्लाहरुमा कमिटी गठन पुनर्गठन गरि चैत्र पहिलो हप्ता प्रदेश कमिटिको बैठक गर्ने निर्णय गरेको छ।

बैठकले चुनावी समीक्षा, रिपोर्टिङ, संघका अध्यक्ष नरेश शाही सुदुररपश्चिम प्रदेशको अर्थमन्त्री भएकोमा बधाइ साथै समसामयिक बिषयहरुमा छलफल गरि समृद्धी र समाजवादी क्रान्तिको आवश्यकतालाइ अब नेकपा (एकीकृत समाजवादी) को नेतृत्वमा पूरा गर्ने अठोट लिएको जानकारी युवा संघ नेपालका केन्द्रीय सदस्य हरिकृष्ण पौडेलले जानकारी गराए।

कार्यक्रममा बोल्दै युवा संघ नेपालाका प्रदेश १ अध्यक्ष प्रत्युस रानाले भ्रष्टाचार रहित समृद्ध नेपाल निर्माणमा युवासंघ नेपाल प्रतिबद्ध भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah