नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले “सयौं बर्ष एकात्मक शक्तिले विश्वलाई शासन गर्ने युरोप र अमेरिकी शक्ति क्षीण हुदैछ र अब त्यो शक्ति तेरो विश्वतिर आउदैछ ,एसिया शक्तिकेन्द्र बन्दैछ त्यसैले यो देश समृद्ध बनाउन जोडतोडले हामी लाग्नुको विकल्प छैन” भनी बताए। “हालको संविधान पुँजीवादी लोकतान्त्रिक भएपनी यसमा समाजवादी गुणहरु मिश्रीत छन त्यसैले हाललाई यसको रक्षा र सदुपयोग गर्दै समृद्धिको यात्रा मार्फत समाजवादको लक्ष हासिल गर्नतर्फ हामी लाग्नुपर्छ” उनले भने।

इटहरीको दुर्गा पार्टी प्यालेसमा नेकपा एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनका प्रदेश १ अध्यक्ष केशव बिष्टको अध्यक्षतामा उक्त संगठन द्वारा आयोजित एकदिने जनसंगठनहरुको भेला तथा दायित्वबोध प्रशिक्षण कार्यक्रमको प्रमुख आतिथ्यको रुपमा बोल्दै उनले यस्तो बताएका हुन ।

उक्त कार्यक्रममा कम्युनिस्ट आन्दोलनमा नेपालका नेल्सन मन्डेला भनेर चिनिने पार्टीका केन्द्रिय उपाध्यक्ष घनेन्द्र बस्नेत र विशेष मोर्चा फाँट प्रमुख डा. बिजय पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो भने पार्टी केन्द्रिय सल्लाहकार रमेश बिष्ट, प्रदेश १ कमिटी अध्यक्ष बलदेव चौधरी र केन्द्रिय सदस्य तथा प्रदेश १ कमिटी सचीव सरिता थापा लगायतका नेताहरूको आतिथ्यता रहेको थियो।

कार्यक्रमको औचित्य प्रकाश पार्दै अध्यक्ष केशव बिष्टले पार्टी र जनसंगठनको सम्बन्ध नङ र मासु जस्तो हुन्छ त्यसैले जनसंगठनहरुले पार्टी लाई सफल बनाउन सहयोग गर्नुपर्ने बताए त्यसैगरी केन्द्रिय उपाध्यक्ष घनेन्द्र बस्नेतले कार्यक्रम सफलताको शुभकामना दिदै अब नेकपा एकीकृत समाजवादी भ्रष्टाचारको भण्डाफोर गर्ने, महिला हिंसाका विरुद्ध आवाज उठाउने, बेरोजगार समस्या समाधान गर्ने जस्ता कार्यमा सफल भएर समाजवादको लक्ष प्राप्त गर्न सक्षम हुनुपर्ने बताए। उनले थपे, “हामी एमाले जस्तो दलाल पुजीवादी र अवसरवादी संगठन कदापि बन्नुहुदैन, वास्तविक क्रान्तिकारी बन्नुपर्छ र जनताको सहृदयी भएर काम गर्नुपर्छ।”

प्रशिक्षणकै क्रममा डा. बिजय पौडेल भन्छन “मौलिक प्रविधि र उत्पादनको संरक्षण र ब्रान्डिङ नगर्ने हो भने हामी कहिल्यै उत्पादनमुखी हुन सक्नेछैनौं, सधैं उपभोक्तामुलक भएर हामी कहिले सफल हुनसक्दैनौं।”

एकदिने उक्त प्रशिक्षण कार्यक्रममा नेकपा एकीकृत समाजवादी सम्बद्ध १३ वटा जनसंगठनहरुले आफ्नो गतिविधिको रिपोर्टिङ समेत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर