काठमाण्डाै – नेपाल भारत परराष्ट्र सचिवस्तरीय बैठक सुरु भएको छ । बैठक केहीबेरअघि काठमाण्डाैकाे एक होटलमा सुरु भएको हो । बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव विनयमोहन क्वात्रासहित मन्त्रालयका कर्मचारी सहभागी छन् ।

परराष्ट्र सचिव पौडेलको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणका क्रममा आज आइपुग्नुभएका क्वात्रा काठमाण्डाै आएलगत्तै दुई देशबीचको सचिवस्तरीय बैठकमा सहभागी बन्नुभएको हो । सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, बिजुली व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुने बताइएको छ ।

सचिवस्तरीय बैठकपछि आजै परराष्ट्र मन्त्रालयले आफ्नाे सम्मानमा आयोजना गरेको दिवाभोजमा भारतीय विदेश सचिव क्वात्रा सहभागी हुनुहुनेछ । भोजपछि भारतीय विदेश सचिवले परराष्ट्र मन्त्री डा. विमला राई पाैड्यासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने क्वात्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुहुनेछ । उहाँले आज नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ ।

विदेश सचिव क्वात्राले भाेलि मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरी स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय