ओखलढुंगाको मोलुङ गाउँपालिकामा ७ मेगावाट क्षमताको मोलुङ खोला जलविद्युत आयोजना निर्माण गरी २०७४ देखि व्यवसायिक उत्पादन गर्दै आएको मोलुङ हाइड्रोपावर कम्पनीले २२ लाख ६४ हजार ६५५ कित्ता सेयरका लागि सर्वसाधारणबाट बिहिबार देखि आवेदन माग गरेको छ।

छिटोमा १० फाल्गुन र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने अवधि १८ फाल्गुन सम्म थप हुनेछ । उक्त आईपीओमा न्यूनतम १० कित्ताका र अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ८० लाख रहेको छ त्यसैगरी आयोजनाको कुल अनुमानित लागत एक अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय