नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका डा. चन्द्र भण्डारी हिजो राति आफ्नै घरमा बिष्फोटमा परि घाइते भई कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको भएपनि यथोचित उपचार नेपालमा सहज नहुने देखिएपछी श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् आज दिउँसो २ बजे भारतको मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको छ।
बुधबार राति विस्फोटबाट सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए भने आमाको आज बिहान उपचारको क्रममा निधन भएको छ। खाना पकाउने ग्याँस सिलिण्डर विष्फोट भएर घटना घटेको भनिएता पनि घटनाको प्रकृति शंकास्पद रहेको अनलाइन खबरले संकेत दिएको छ ।
अनलाइन खबरमा सम्वाददाता नविन ढुंगाना लेख्छन, “चुल्होबाहिर रहेको ग्यासको सिलिण्डर पनि राम्रै अवस्थामा थियो । तर, घरको भान्साको ढोका फुटेको छ । झ्यालको सीसा फुटेको छ । भान्सा बाहिरको सानो स्टोरमा लगाइएको यु्पीभिसीको छानो उडेको छ भने ढोकाको सीसा पनि फुटेको छ । घटनामा सांसद भण्डारी र आमा हरिकला मात्रै जलेका थिए ।“
सांसद भण्उडारीको शरीर लगभग २५ / ३० प्रतिसत जलेको छ भने बिष्फोटको सत्यतथ्य जानकारीको निम्ति प्रहरीले अनुसन्धान गरिरहेको छ।