कोरियाको एस.डी.के कम्पनी र नेपालको कोसी एन के मोटर्स प्रालिबीच लागतमा प्रदेश १ मा उद्योग स्थापना गरी विद्युतीय गाडी उत्पादनका लागि सम्झौता भएको छ।

२५ प्रतिशत कोरियन कम्पनी र ७५ प्रतिशत नेपाली कम्पनीले लगानी गर्ने भनिएको सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी र कोरियन कम्पनी एस.डी.केका कार्यकारी अध्यक्ष डेइ की जङ्ले हस्ताक्षर गरेका छन् ।

एक वर्षपछि कोरियन प्रविधिमा आधारित विद्युतीय सवारीसाधन उत्पादन गर्ने लक्ष्य राखिएको जसमध्ये पहिलो चरणमा स्कुल कलेजका लागि विद्युतीय बस उत्पादन गर्ने लक्ष्य राखिएको र विस्तारै साना गाडी उत्पादन गर्ने लक्ष्य राखिएको एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित खवर