बिष्णुप्रसाद पोखरेल/दमक
बहुचर्चित भरतपुर महानगरमा निर्वाचन परिणामले एक किसिमको तंरग ल्याइदिएको छ । परिणामलाइ काँग्रेस र माओबादी बाहेककाले चमत्कारीक बताएकाछन् ।
यो क्षेत्रलाइ काँग्रेसको पकड क्षेत्र मानिन्छ तर काँग्रेसले आफूले प्रमुखको उम्मेद्वारी नदिइ माओबादी केन्द्रकी नेतृ रेणु दाहाललाइ समर्थन गर्ने निर्णय गर्यो र त्यसपछि नै यो महानगर चर्चामा आयो ।
अझ दाहाल माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रम प्रचण्डकी छोरी भएका कारण पनि चर्चामा शिखरमा रहिन् । यस कारण पनि भरतपुर बिश्वको आँखामा छायो र सबैले यसलाइ महत्वका साथ हेरे ।
एमालेका प्रमुखका उम्मेद्वार देबीप्रसाद ज्ञवालीले दाहाललाइ कडा टक्कर दिए । दूइ पार्टीका लागि उनि चुनौती बने । जब १९ वाड गनिदै गएको त्यो समयमा दाहाललाइ सोच अनुरुप मत आएन र माओबादी कार्यकर्ताले मतपत्र च्याते ।
त्यसपछि रोकिएको मत गणना बिबाद लामो समय रह्यो । निर्वाचन आयोगले पुन मतदानको निर्णय गर्यो तर एमालेले अस्वीकार गर्यो अदालतमा गयो ।
अदालतले धेरै रमिता देखायो । फैसला गर्न महिनौ लगायो र निर्वाचन आयोगको निर्णयलाइ नै सदर गरिदियो । शुक्रबार निर्वाचन भयो । जहाँ १९ मा परिणाम उल्टियो ।
देबी ज्ञवालीले हारे । रेणु दाहालले जितन् । कसरी यो सम्भव भयो ? उम्मेद्वार ज्ञवालीले करोडौ बाडेको र राज्य सत्ताको दुरुपयोग भएको भनेर मतदान भइनसक्दै बताएका थिए । जसलाइ अहिले पनि दोर्याइरहेकाछन् ।
भरतपुरमा रेणुले यो परिणाम ल्याउनका लागि मतपत्र च्यातिएपछिका दिनमा धेरै खटेकी थिइन् । उनी बिश्वस्थ थिइन् की पुन निर्वाचन हुनेछ । यसर्थ उनले १९ नम्बरमा यति लागि परिन की उनले नचिन्नेहरुले मज्जाले चिने ।
उनी प्रत्येक आमा समुहमा पुगेर सहयोग मात्र गरिनन् थप सहयोग गर्ने भन्दै जिताउन आग्रह गरिन् । महिला समुहहरुलाइ प्रभावमा पारिन् । हिजो मत देबीलाइ हालेकाहरुलाइ आफ्नो पकडमा लिइन् ।
उनले आफू बिरुद्ध लागेकाहरुको पहिचान गरिन् र आफ्नो बुबा प्रचण्डमार्फत शिर्ष नेताहरुसंग कुरा गरेर उनिहरुलाइ समेत आफ्नो पक्षमा ल्याइन् । जसका कारण उनले १९ लाई उल्टाइन् ।
नेपालकै पहिलो महानगर प्रमुख बन्न सफल भइन् । बिश्वलाइ तंरग बनाउन सक्ने भरतपुर महानगरको प्रमुख अब ५ बर्षसम्म सबैको हेराइन बन्नेछ । तर उनलाइ यहाँ काम गर्न सहज भने छैन ।
सबैलाइ मिलाएर लैजानु चुनौती छ । यद्यपि उनले अब आफू कुनै पार्टीको नभएर सबैको प्रमुख भएको भन्दै भेदभाव नगर्ने बताइसकेकीछन् ।



