नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले प्रदेश १ को नामाकरणको निम्ति कोशी प्रदेश को प्रस्ताव गरिरहदा नेकपा एकीकृत समाजवादी र जसपाले भने छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।
नेकपा एकीकृत समाजवादी र जसपाका सांसदहरुले संसद सचिवालयमा प्रदेश १ को नामाकरणको निम्ति ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश नाम प्रस्ताव दर्ता गरेका हुन् ।
नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले उक्त प्रस्ताव दर्ता गरेका थिए भने एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले प्रस्तावलाई समर्थन गरेकी छन् ।