
विराटनगर महानगरपालिकाका विभिन्न क्षेत्रमा बुधबार दिउँसो ३ बजेदेखि भेला, जुलुस, धर्नालगायत गतिविधि गर्न जिल्ला प्रशासन कार्यालय मोरङले निषेध गरेको छ।
प्रदेशको नामांकनको विषयमा शान्ति सुव्यवस्थामा खलल पुग्ने गतिविधि हुनसक्ने निषेधाज्ञा जारी गरिएको र त्यस्ता ठाउँमा सभा, जुलुस, भेला, र्याकली, धर्नाजस्ता कार्य गर्न प्रतिबन्ध लगाइएको छ।
प्रदेश १ लाइ कोशी प्रदेश नामाकरण प्रस्ताव गरेको एमालेको प्रस्तावमा यसअघि समर्थक बसेको कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको छ त्यसैले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीले प्रस्ताव गरेका किरात लिम्बुवान सगरमाथा प्रदेश लाइ कांग्रेसले समर्थन गर्नसक्ने आशंका गरिएको छ।