मौसमी फ्लूको लक्षण देखिएका केही बिरामीहरूमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको बताइएको छ तर सामान्य रुघाखोकी र ज्वरोका लक्षणसँग यसको लक्षण मिल्ने हुँदा धेरै मानिसहरूले परीक्षण नै नगराउने अधिकारीहरूले बताएका छन्।

जसका कारण सरकारी तथ्याङ्कमा कोभिडको नयाँ बिरामीहरूको सङ्ख्या नसमेटिएको हुनसक्ने ठानिएको छ। पछिल्लो विवरणअनुसार गत २४ घण्टामा कुल १०४३ जनामा कोरोनाभाइरस परीक्षण गर्दा जम्मा तीन जनामा सङ्क्रमण पुष्टि भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लक्षण देखिए पनि निकै कम मानिसले परीक्षण गर्ने भएकाले सङ्क्रमितको सङ्ख्या यकिन हुन नसकेको बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विज्ञ डा. शेरबहादुर पुन।

उनले भने, "आजभोलि विदेश जाने वा काम विशेषले अनिवार्य गर्नुपर्ने भए मात्र परीक्षण गरेको पाइन्छ। कति त मौसमी फ्लू नै ठानेर घरमै बसेर ठीक पार्न खोज्नु हुन्छ।"

बिबिसी नेपाली सेवाको समाचारमा आधारित