सन् २०२३ को अन्तर्राष्ट्रिय महिला दिवसका लागि संयुक्त राष्ट्रको थिम ‘डिजिटअल : लैङ्गिक समानताका लागि आविष्कार एवं प्रविधि’ हो । यो थिमको लक्ष्य प्राविधिक र अनलाइन शिक्षाको क्षेत्रमा किशोरी र महिलाद्वारा दिइएको योगदानलाई स्वीकार गर्नु र त्यसको उत्सव मनाउनु हो ।

सन् १९१७ मा रुसका महिलाहरूले ‘रोटी र शान्ति’ को माग गर्दै जारको शासनविरुद्ध हडताल गरेपछि अन्तर्राष्ट्रिय महिला दिवस मनाउने निर्णय भएको थियो । यसपछि जार निकोलस द्वितीयले आफ्नो सिंहासन छोड्नुपर्यो। त्यसपछि बनेको अन्तरिम सरकारले महिलालाई मतदानको अधिकार दिएको थियो ।

सन् १९०८ मा न्युयोर्क सहरमा करिब १५ हजार महिलाले परेड निकाल्दा सुरु भएको थियो । महिलाको कामको समय घटाउनुपर्ने उनीहरूको माग थियो । तलब राम्रो हुनुपर्छ र महिलाले पनि मतदानको अधिकार पाउनुपर्छ ।

एक वर्ष पछि, अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गर्योि । यसलाई अन्तर्राष्ट्रिय बनाउने विचार सर्वप्रथम क्लारा जेटकिन नामकी महिलाको दिमागमा आएको थियो ।
क्लारा वामपन्थी कार्यकर्ता थिइन् । उनी महिला अधिकारका लागि आवाज उठाउने गर्थिन् । उनले सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा भएको श्रमिक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन सुझाव दिएकी थिइन् ।

उक्त सम्मेलनमा १७ देशका १०० महिला सहभागी थिए र उनीहरूले क्लाराको सुझावलाई सर्वसम्मतिले स्वीकार गरे । पहिलो अन्तर्राष्ट्रिय महिला दिवस सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विजरल्याण्डमा मनाइयो । यसको शताब्दी उत्सव सन् २०११ मा मनाइएको थियो । प्राविधिक रूपमा यस वर्ष हामी ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छौँ ।

सन् १९७५ मा संयुक्त राष्ट्र सङ्घले पनि यसलाई मनाउन थालेपछि अन्तर्राष्ट्रिय महिला दिवसलाई औपचारिक रूपमा मान्यता दिइएको थियो । संयुक्त राष्ट्रले यसका लागि पहिलो थिम सन् १९९६ मा छानेको थियो जसको नाम ‘सेलिब्रिटिङ द पास्ट र प्लानिङ द फ्युचर’ थियो ।

धेरै देशहरूमा, अन्तर्राष्ट्रिय महिला दिवसमा राष्ट्रिय बिदा हुन्छ । यी देशमा रुस पनि समावेश छ जहाँ ८ मार्चको आसपास तीन चार दिनमा फूलको बिक्री दोब्बर हुने गर्छ ।
चीनमा, राष्ट्रिय परिषद्को सुझावमा, धेरै महिलाहरूलाई मार्च ८ मा आधा दिन बिदा दिइन्छ ।

इटालीमा मार्च ८ मा महिलालाई मिमोसा फूल दिएर अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । यो प्रचलन कहिलेबाट सुरु भएको हो थाहा छैन । तर, यो दोस्रो विश्वयुद्धपछि रोमबाट सुरु भएको मानिन्छ ।
अमेरिकामा मार्च महिना महिलाको मिति हो । प्रत्येक वर्ष राष्ट्रपतिद्वारा एक घोषणा जारी गरिन्छ, जसमा अमेरिकी महिलाहरूको उपलब्धिहरू वर्णन गरिन्छ ।

स्रोत बिबिसी

प्रतिक्रिया

सम्बन्धित खवर