स्ववियु निर्वाचन अन्तर्गत देशका विभिन्न १८ वटा क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
अखिल क्रान्तिकारीका नेता दीपेश पुनले शनिबार रातिसम्म प्राप्त विवरणअनुसार १८ वटा क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध भएका हुन् । ती क्याम्पसहरुमा अन्य संगठनको उम्मेदवारी नपरेको हो ।
क्याम्पस र स्ववियू सभापतिको विवरण
१) सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य
२) स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा
३) सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी
४) सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी
५) चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की
६) बन्गाड क्याम्पस, सल्यान : अजय बिष्ट
७) फारुलला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने
८) लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही
९) जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा
१०) गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ
११) चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल
१२) मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल
१३) सुनकोसी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने
१४) शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी
१५) गोरखा क्याम्पस, गोरखा : विष्णु पाण्डे
१६) कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ
१७) चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ
१८) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना