कोशी प्रदेशको नामाकरणविरुद्ध असन्तुष्टी जनाउँदै विभिन्न राजनैतिक दल र जातीय संस्थाले आन्दोलन सुरु गरेका छन्। प्रदेश बन्द गराउँदै कार्यकर्ता सडकमा उत्रिएका कारण सुनसरी, मोरङ, झापा जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

जसपा, संघीय लिम्बुवान पार्टी, किरात राई, यायोख्या, किरात याक्थुम चुम्लुङ लगायतका संस्थाका कार्यकर्ताहरु आइतबार बिहानैदेखि बजारबन्द र यातायातका साधन बन्द गराउँदै हिंडेका छन्। बन्दका कारण कोशी प्रदेशका तराईका तीनै जिल्लाको जनजीवन प्रभावित भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बन्दका कारण यातायातका साधन सञ्चालन हुन सकेको छैन। जसपाका केन्द्रीय सदस्य भीम राइले प्रदेश १ को नाम जबरजस्ती कोशी प्रदेश राखेर पहिचानको आन्दोलनलाई बेवास्ता गरेकाले आन्दोलन गर्नु परेको बताए । जसपाका अर्का नेता सागर चेम्जोङ्ले आन्दोलनलाई बेवास्था गरिए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

सडकमा सयौंको सख्यामा बन्दकर्ता आएका छन्। बन्दका कारण कोशी प्रदेशका मुख्य बजार धरान, इटहरी, बेलबारी, पथरी, उर्लाबारी, दमक, बिर्तामोड लगायतका बजार प्रभावित भएका छन्।