काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको प्रचार बिभागले स्ववियु निर्वाचनलाई लक्षित गरि अनेरास्ववियूका देश भरिका उम्मेद्बारहरुलाई विजय गराउन “स्ववियु प्रचार डेस्क” बनाउने भएको छ।

त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धनप्राप्त र केही अन्य विश्वविद्यालयका क्याम्पसमा स्वतन्त्र विध्यार्थी युनियन निर्वाचनका लागि उम्मेद्बारको मनोनयन दर्ता भएको छ। कतै विभिन्न सङ संगठन मिलेर र कतै एकल रुपमा अनेरास्ववियूका उम्मेद्बारहरुले मनोनयन दर्ता गराएका छन् ।

एकीकृत समाजवादीनिकट अनेरास्ववियूले केन्द्रिय क्याम्पस कीर्तिपुरमा समीर गौतम, जनप्रशासन क्याम्पसमा हिमाल थापा, महेन्द्र रत्न क्याम्पसमा पुर्णसङम जेठारा, क्याथ्पोद इन्जिनियरिङ कलेजमा बासुदेव सुवेदी लगायतलाई गठबन्धन गरि उम्मेद्बारी दिएको छ उक्त उम्मेद्बारहरुलाई निर्वाचनमा विजय गराउन संघका केन्द्रिय कार्यलयमा प्रचार डेस्क राखी, विद्यार्थीहरुको हितका लागि अनेरास्ववियूले खेलेको भुमिकालाई स्मार्ट प्रचार गरि उम्मेद्बारहरुलाई विजय हुन सहयोग गर्ने संघका प्रवक्ता सन्जिप राईले बताए ।

उपत्यकाको त्रिचन्द्र बहुमुखी, आयुर्वेद क्याम्पस, रत्न राज्य र पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा विबाद रहेकोे र अन्य क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर