आज पूर्वी नेपालमा लिम्बुवानजन्य संगठनहरुले बन्दको आयोजना गरेको भएपनि दमकममा भने यसको खासै केहि प्रभाव देखिएन । बजार तथा पसलहरु खुलेकाछन् ।
बन्दमुक्त दमकका संयोजक तथा दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले बन्दको कुनै प्रभाव नपरेको र स्वतस्फूर्त रुपमा दमक खुलेको बताए ।
अब दमक कसैको पनि बन्दमा बन्द नहुने जनाए । ब्यापारीहरुले पनि सामाजिक सञ्जालमा अब दमक बन्द नगर्ने बताउदै आफूले पसल खोलेको भनेर बिहानै लेखेर अरुलाइ खोल्न हौसला दिएका थिए ।
दमक बाणिज्य संघको निर्वाचनमा दमकलाइ बन्दमुक्त बनाउने घोषणा सबै उम्मेद्वारले गरेका थिए । यसमा ब्यापारीहरुले साथ दिएकाले अब दमक बन्द नहुने दमक उद्योग बाणिज्य संघले जनाएको छ ।
यो पुरानो भिडियो हो ।
https://www.youtube.com/watch?v=2zc2-56SetM&t=72s



