टस जितेर पहिले ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा ३१० रन जोडेर आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपालले ३११ रनको कीर्तिमानी लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा युएईले दिएको ३११ रनको लक्ष्य पार गर्न सके कीर्तिमान बनाउनेछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अघिल्लो साता पपुवा न्युगिनीविरूद्ध पहिले ब्याटिङ गर्दै बनाएको २९७ रन नै नेपालको एकदिवसीय खेलमा उच्च स्कोर हो।

यसअघि नेपालविरूद्ध पपुवा न्युगिनी (पिएनजी) ले ८ विकेटको क्षतिमा २९२ रन जोडेको थियो। गत वर्ष पिएनजीले कीर्तिपुर मैदानमै सो रन जोडेको थियो। २९३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २८६ रन जोड्दा ६ रनले पराजित भएको थियो।

कीर्तिमानी लक्ष्य पार गर्न सके नेपाल लिग-२ को शीर्ष तीनमा पर्दै जिम्बावेमा हुने आइसिसी विश्वकप क्रिकेट छनोटमा पुग्नेछ।

आज चलिरहेको खेलमा जित हात पार्न नसके नेपालले मार्चको अन्त्यमा नामिबियामा हुने विश्वकप छनोट प्लेअफ मा ६ टिमबीच प्रतिस्पर्धा गरि शीर्ष दुईमा परे नेपाल विश्वकप छनोटमा पुग्नेछ नभए नेपालको विश्वकप खेल्ने सपना यो पटक लाइ पुनः अधुरो रहनेछ।