खेलकुद

नेपालले पायो कीर्तिमानी लक्ष


  दमक   सुवास सुवेदी   २०७९ चैत्र २, बिहीबार १४:०९

टस जितेर पहिले ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा ३१० रन जोडेर आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपालले ३११ रनको कीर्तिमानी लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा युएईले दिएको ३११ रनको लक्ष्य पार गर्न सके कीर्तिमान बनाउनेछ।

अघिल्लो साता पपुवा न्युगिनीविरूद्ध पहिले ब्याटिङ गर्दै बनाएको २९७ रन नै नेपालको एकदिवसीय खेलमा उच्च स्कोर हो।

यसअघि नेपालविरूद्ध पपुवा न्युगिनी (पिएनजी) ले ८ विकेटको क्षतिमा २९२ रन जोडेको थियो। गत वर्ष पिएनजीले कीर्तिपुर मैदानमै सो रन जोडेको थियो। २९३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २८६ रन जोड्दा ६ रनले पराजित भएको थियो।

कीर्तिमानी लक्ष्य पार गर्न सके नेपाल लिग-२ को शीर्ष तीनमा पर्दै जिम्बावेमा हुने आइसिसी विश्वकप क्रिकेट छनोटमा पुग्नेछ।

आज चलिरहेको खेलमा जित हात पार्न नसके नेपालले मार्चको अन्त्यमा नामिबियामा हुने विश्वकप छनोट प्लेअफ मा ६ टिमबीच प्रतिस्पर्धा गरि शीर्ष दुईमा परे नेपाल विश्वकप छनोटमा पुग्नेछ नभए नेपालको विश्वकप खेल्ने सपना यो पटक लाइ पुनः अधुरो रहनेछ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार