विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयी नेपाली क्रिकेट टोलीलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटार बोलाएर आगामी यात्राका लागि शुभकामना दिदै टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप सरकारले ३-३ लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्रीले हिजोको प्रदर्शनबाट आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिदै हिजो खेलाडीहरुले गरेको प्रदर्शन वाट त्यसबाट देशले जितेको छ, देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ भन्नुको साथै आफु खेलाडीको सुखदुःखमा सधैं साथमा रहने विश्वास समेत दिलाए ।