झापाको दमकलाइ बन्दमुक्त बनाउने घोषणा कार्यान्वयन गर्दै दमक उद्योग बाणिज्य संघले दमक बजार खोल्ने वातवरण बनाएपछि दमक बजार खुला बन्यो तर यहाँ रहेका शैक्षिक संघसंस्थाहरु भने बन्द रहेपछि यसको आलोचना भएको छ ।

दमकका अधिकाँश शैक्षिक संघसंस्थाहरु बन्द भएपछि सामाजिक सञ्जालहरुमा यसको आलोचना भएको हो । दमक पूर्ण रुपमा खुलेको अवस्थामा बिद्यालयहरु बन्द गरिएको भन्दै अभिभावकले आक्रोश समेत पोखेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक उद्योग बाणिज्य ंसंघका दितिय उपाध्यक्ष युवराज घिमिरे भन्छन् स्कुल वाला हरु महिनामा ३० दिन बन्द भए वा गरिए पनि अभिभावक बाट एक महिनाकै शुल्क लिने हो अनि के को टेन्सन। अब दमक क्षेत्र का स्कुल सञ्चालकहरु सग बसेर कुरा गर्नु पर्छ।

यसैगरि दमकका राजनीतिक तथा ब्यवसायिक युवा दिपेश दाहालले बन्दमुक्त दमक बनाएर बाणिज्य संघले राम्रो काम गरेको बताउदै शैक्षिक संस्था बन्द हनु दुर्भाग्य भएको बताएकाछन् ।