काठमाडाैं । नेपाली काङ्ग्रेससहित ८ दल सहभागी गराएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिँदैछन्। सोमबार दिउँसोसम्म मन्त्रिमण्डल टुंगो लगाउने तयारी छ। तर, अझै एक चरण गठबन्धन दलबीच छ्लफल गर्नुपर्ने भएकोले मंगलबार मात्रै मन्त्रिमण्डल बिस्तार हुन सक्ने सम्भावना रहेको नेताहरू बताउँछन् ।

‘भोलि बिहानदेखि दलहरूबीच एकचरण छलफल हुन्छ, अनि भ्याइएछ भने भोलि नै शपथ हुन्छ, नभ्याए पर्सि होला।’ बालुवाटार स्राेतले बताएकाे छ ।

नेपाली काङ्ग्रेसले ७ मन्त्रालय र एक राज्य पाउने अहिलेसम्म समझदारी भएकाे गठबन्धन स्राेतकाे भनाइ छ ।

काङ्ग्रेस प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने प्राय: निश्चित देखिएकाे छ ।

काङ्ग्रेसले परराष्ट्र, शिक्षा, स्वास्थ्य मन्त्रालय लिने निश्चित भएको छ। काङ्ग्रेसबाट प्रचण्ड क्याबिनेटमा तीनजना नयाँ अनुहारका नेताहरूको प्रवेश गराउने तयारी छ।

नेकपा एकीकृत समाजवादीले एक राज्यसहित ३ मन्त्रालय पाउने छ। भौतिक पूर्वाधार समाजवादीले पाउन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah