कोशी प्रदेश सरकारले प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बुको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकलाई श्रदाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ।

त्यसैगरी सोमबार बसेको मन्त्रिपरिषद बैठकले मृतकको परिवारलाई तत्काल राहत स्वरुप ३ लाख रूपैयाँ दिने निर्णय समेत गरेको छ ।

कोशी प्रदेश नामकरणको विरोधमा विभिन्न पहिचानवादी दल तथा समुहहरुको आह्वानमा ५ चैतमा विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको लाठीचार्ज बाट घाइते भएका पदम लिम्बु (लाजेहाङ) को उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो ।

टाउकोमा गम्भीर चोट लागेर धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचार भइरहेको भएपनि थप उपचारको निम्ति हेलिकप्टरमार्फत काठमाण्डौ लैजाने तयारि हुदैगर्दा उनको निधन भएको थियो।

संघर्षरत मोर्चाहरुले उनलाई सरकारले शहिद घोषणा गर्नुपर्ने, कोशी प्रदेशको नाम ऐतिहासिक बहुजाति बहुभाषी र पहिचानको आधारमा राख्नुपर्ने माग गर्दै विरोध प्रदर्शन, चक्काजाम लगायतका आन्दोलनका कार्यक्रमहरु जारि राखेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv