विराटनगरमा कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकन गर्नुपर्ने माग गरिरहेको विभिन्न पहिचानवादी दल तथा समुहहरुको संयुक्त घटक कोशी प्रदेश पुनः नामाङ्कन संयुक्त संघर्ष समिति र प्रहरीको झडप हुँदा १५ जनाभन्दा बढी घाइते भएका छन भने केहि आन्दोलनकारी पक्राउ परेका छन।

जसमध्ये ५ जना प्रहरी र १० जना आन्दोलनकारी हरु रहेका छन। घाइते हुने आन्दोलनकारी हरूमा अशोक राई, सरोज लिम्बु, ज्ञानबहादुर राई, शिव आङ्दाम्बे, उदय लिम्बु, सुरज राई, एनके दर्नाल, विशाल राई र पदमलाल लिम्बु रहेका छन भने प्रहरीको तर्फबाट नाम खुलाइएको छैन ।

प्रत्यक्षदर्शीहरुका अनुसार आन्दोलनकारीले प्रहरीको घेरा तोडेर होटल बिगमा प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर, अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो भने आन्दोलनकारीले पनि प्रहरीलाई ढुंगा प्रहार गरेका थिए।

दीगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी होटल बिगमा आयोजित कार्यशालामा सहभागी सांसदलाई घेराउ गर्न भेला भएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो।

तस्विर : रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah