ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मंगलबारराति ११स्४१ बजे ताप्लेजुङको स्याओ आसपासमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ४।६ म्याग्निच्युडको मापन गरिएको छ।
भूकम्पको धक्का ताप्लेजुङ आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीयले बताएका छन्। अयस अगाडि बाजुरा र मुगु केन्द्रविन्दु भएर भूकम्प गएको थियो।