तत्कालीन जसपाका कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव निर्वाचित भएको क्षेत्र बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सत्ता गठबन्धन समर्थित दल जनमत पार्टीका अध्यक्ष सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार नस्वीकार्ने बताएका छन् ।

रामसहायप्रसाद यादव उपराष्ट्रपति उपराष्ट्रपतिमा निर्वाचित भएपछी खालि भएको उक्त क्षेत्रमा जनमत पार्टीले माओवादी परित्याग गरेर जनमत पार्टी प्रवेश गरेका नेता शिवचन्द्र कुसवाहलाई उम्मेदवार बनाउने र उनैलाई जनताले जिताउने विश्वास व्यक्त गरेका छन ।

उक्त क्षेत्रमा रामसहाय प्रसाद यादवले १३ हजार ८ सय २२ मत ल्याएका थिए भने जनमत पार्टीका उम्मेदवार राजेश साहले २ हजार ७ सय २५ मत ल्याएका थिए।

गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका जसपा अध्यक्ष यादव सीके राउतसँग पराजित भएका थिए ।
अध्यक्ष राउतले ठूलो मतान्तरले पराजित भएका यादवलाई बारा क्षेत्र नम्बर २ बाट उपनिर्वाचन लडाएमा जनताको मत र स्थानीय नेता–कार्यकर्ताको अपमान हुने समेत बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय