दमक, १५ चैत । झापामा शुक्रबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको छ ।शिक्षा विकास तथा समन्वय इकाइ झापाका अनुसार जिल्लामा यस बर्षको एसईई परीक्षामा १५ हजार ८ सय ५८ परीक्षार्थी सहभागी हुँदैछन् भने ५६ वटा परिक्षाकेन्द तोकिएको छ । कार्यालयका झापा प्रमुख राजकुमार बिश्वकर्माले जिल्लाभरबाट यस बर्ष परीक्षा दिने परीक्षार्थीलाई तिनवटा धारमा विभाजन गरि सहभागि गराईदै छ ।

जसअनुसार नियमित तर्फ, प्राविधिक तर्फ र ग्रेडवृद्धि तर्फ गरी तिन धारमा विभाजन गरिएको छ । जसमा नियमित तर्फ ७ हजार ६ सय ७२ छात्रा र ७ हजार ५४ छात्रा गरी १४ हजार ७ सय २६ जना, प्राविधिक तर्फ २ सय ४६ जना छात्रा र ३ सय ५४ छात्रा गरी ५ सय ९९ र ग्रेडवृद्धि तर्फ पनि ३ सय १३ छात्रा र २ सय २० छात्रा गरी ५ सय ३३ विद्यार्थीले परीक्षा दिँदैछन् । त्यस्तै, जिल्लामा यस बर्ष तीन जना दृष्टिविहिन र संस्कृत विधा तर्फबाट ४७ जना विद्यार्थीले परीक्षा लेख्दैछन् ।

इकाई प्रमुख विश्वकर्माका अनुसार ५६ केन्द्र तोकिएकोमा सबैभन्दा धेरै भने दमक- २ स्थित हिमालय मावि परीक्षा केन्द्रबाट र सबैभन्दा थोरै कमल -२ स्थित महेन्द्ररत्न मावि परीक्षा केन्द्रबाट परीक्षार्थी सहभागी हुँदैछन् ।

उनका अनुसार ५६ वटै परीक्षाकेन्द्रमा केन्द्राध्यक्ष तोकिसकिएको छ भने एक सय चार जना सहायक केन्द्राध्यक्ष र ७ सय ९७ जना परीक्षा निरीक्षक तोकिएको छ । ‘परीक्षाको सम्पूर्ण तयारी भइसक्यो अब परीक्षा शुरु हुन मात्रै बाँकी छ, सबै परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुरयाँइसकिएको छ ’ उनले भने ‘ शुक्रबार विहान ८ बजेबाट परीक्षा शुरु हुनेछ ।’
जिल्लामा एक सय २६ सामुदायिक तथा दुई सय ३९ संस्थागत विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय