केबि महरा/काठमाडौ :- रिपोटर्स क्लबको रजत जयन्तिको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री पुस्पकमल दाहालले जीवनका कुनैपनी क्षेत्रमा सफलता प्राप्त गर्नका निम्ति तितामिठा संघर्षका सबैखाले अनुभवहरु बाट गुज्रिनै पर्ने बताएका छन्, कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका प्रधानमन्त्री दाहालले रिपोटर्स क्लबले आफ्नो २५ औँ बर्ष मनाउन सफल भएकोमा शुभकामना समेत व्यक्त गर्नु भएको छ ।
पत्रकारिता जगतमा रिपोर्टर्स क्लब र यसका संस्थापक/ संचालक पत्रकार ऋषि धमला सबै राजनीतिज्ञ र पत्रकारका निम्ति एक उचित र अमुल्य थलो सावित भएको औल्याउँदै बिगत २५ बर्षमा रिपोर्टस क्लबले भोग्नु परेका आरोह अवरोह तथा पत्रकारिता जगतमा राष्ट्रिय राजनितिक क्षेत्रमा समेत यसले महत्त्वपूर्ण भुमिका निर्वाह गर्न सफल रहेको स्मरण गरेका छन् ।
प्रधानमन्त्री दाहालले भनेका छन,”जसरी कुनैपनी धातुलाई सहि अर्थमा मुर्त रुप दिन त्यसले समेत अग्नि परिक्षा पास गरेर आउनुपर्ने हुन्छ अनि मात्रै त्यो धातु चम्किन्छ, उज्यालो ज्योती छर्छ त्यसै गरि जिबनमा सबैले तितामिठा अनुभव भोग्न जरुरी हुन्छ अनिमात्रै जिबनको सार्थकता पूरा हुन्छ ,
प्रधानमन्त्री दाहालले आफुले जिबनमा चाहे युद्ध अघि या त्यस पछि थुप्रै आलोचना,टिप्पणी बिच गुज्रेकोले ऋषि धमलाको जीवन पनि पत्रकारिता जगतमा अनेकौं प्रहार, चुनौती बिच आज यहाँ सम्म आईपुगेकोमा धमलाको जीवन आफ्नो जीवन सङ्ग कहिं कतै मेल खान गएको भन्दै प्रशंसा गरेका छन् ।
फरक प्रसङ्गमा बोल्दै प्रधानमन्त्री दाहालले आफू देस र जनता प्रती पुर्ण बफादार रहेको र यसै कार्यकालमा देसले स्मरण गर्न लायक काम गर्ने प्रतिवद्दता समेत व्यक्त गरेका छन् ।
उनले भनेका छन ” म नेपाली जनता र सिंगो राष्ट्रका अघि उभिएको छु,आजको दिन बिशेष दिन पनि भएको छ, आफुले सरकार सम्हालेको १०० दिन अवधिमा थुप्रै राष्ट्रिय राजनीतिक समीकरण देखा परेको र सभामुख ,राष्ट्रपति जस्तो पदमा उहाँहरुलाई पदस्थापन गराउन आफुले महत्वोपुर्ण भुमिका खेलेको समेत दावि गरेका छन् ।

आज मात्रै सरकारले मुलभुत रुपमा पुर्णता पाएको भन्दै अब सरकारले गति लिनेमा आफू बिस्वस्त रहेको र देश ट्र्याकमा आईसकेको जिकिर पनि उनले गरेका छन् ।
कार्यक्रममा दर्जनौ पत्रकारहरु सम्मानित समेत भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय