काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ ।

पेटमा समस्या भएपछि उहाँ हिजो बेलुका उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिनुभयो ।

अस्पतालले राष्ट्रपति पौडेल पेटमा समस्या भएपछि उपचारार्थ अस्पताल भर्ना हुनुभएको र अहिले डाक्टरको निगरानीमा रहनुभएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय