कंक्रिट रुपि जङ्गल।।।
लाखौं कथाहरुको जन्म हुँदै होला
यो कंक्रिट रुपि जङ्गलमा ।।।
लाखौं कथाहरुको चिहान बन्दै होला
यो कंक्रिट रुपि जङ्गलमा ।।।
लाखौं काहानिहरुको मिलन हुदै होला
यो कंक्रिट रुपि जङ्गलमा ।।।
लाखै काहानिहरुको बिछोड हुदै होला
यो कंक्रिट रुपि जङ्गलमा ।।।
लाखौं सपनाहरु तङ्ग्रीदै होला
यो कंक्रिट रुपि जङ्गलमा ।।।
लाखौ सपनाहरु अपाङ्ग भएका होला
यो कंक्रिट रुपि जङ्गलमा ।।।
म पनि आफ्नो अस्तित्व खोज्दै छु
यो कंक्रिट रुपि जङ्गलमा ।।।
कुनै कथा बन्नु छ
यो कंक्रिट रुपि जङ्गलमा ।।।
कुनै काहानी बन्नु छ
यो कंक्रिट रुपि जङ्गलमा ।।।
एउटा शुन्दर सपना बन्नु छ
यो कंक्रिट रुपि जङ्गलमा ।।।
रोहित



