पार्टी एकताको ८ महिनापछि नै राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजित भएको छ ।
पशुपतिशम्शेर राणाको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन भएको छ । गत ६ मंसिरमा तत्कालीन राप्रपा नेपाल र राप्रपाबीच एकता भएको थियो ।


स्थानीय तहको पहिलो र दोस्रो चरण निर्वाचनमा शर्मनाक पराजत व्यहोर्नुपरेको भन्दै पार्टीभित्र नेतृत्वको आलोचना भइरहेको थियो । पार्टी अध्यक्ष कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीका केही शीर्ष नेताले सार्वजनिक अभिव्यक्तिसमेत दिँदै आएका थिए ।

राप्रपा प्रजातान्त्रिकको अध्यक्ष बनेका राणा राप्रपाको पछिल्लो केन्द्रीय समिति बैठकमा समेत सहभागी भएका थिएनन् ।
पार्टी एकतापछि गत फागुनमा भएको महाधिवेशनबाट अध्यक्षमा कमल थापा निर्वाचित भएका थिए । यस्तै, उनी पक्षका बहुमत सदस्य केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

त्यसको केही दिनपछि पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गरी अर्कै पार्टी गठन गरे भने अहिले राणा पनि बाहिरिएका छन् ।

सरकारमा सहभागी हुने विषय तथा केन्द्रीय समितिमा पदाधिकारी र सदस्य मनोनित गर्दा थापाले एकलौटी गरेको भन्ने आरोप पनि राणापक्षले लगाउँदै आएको थियो । नया पत्रिका बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah