पार्टी विभाजनसँगै कमल थापा नेतृत्वको राप्रपाका २२ सांसद् पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा गएका छन् । २२ सांसद्ले पार्टी छाडेपछि व्यवस्थापिका–संसद्मा ३७ सांसद् रहेको थापा नेतृत्वको राप्रपामा अब १५ सांसद मात्र बाँकी भएका छन् ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन जितेका तीनैजना सांसद् दिपक बोहोरा, विक्रम पाण्डे र सुनील थापाले पनि राप्रपा छाडेको राप्रपाका केन्द्रीय प्रेम बलायरले जानकारी दिए । बोहोरा र पाण्डे पार्टीका उपाध्यक्षसमेत हुन् भने थापा महामन्त्री हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राप्रपा छाड्ने सांसदको सूची

दिपक बोहोरा 

विक्रम पाण्डे 

सुनील थापा 

रेशम लामा 

बबिना मोक्तान

लीला शर्मा

रमेशकुमार लामा

परशुराम तामाङ

राज्यलक्ष्मी श्रेष्ठ (नुवाकोट)

लक्ष्मी थापा पाशमान

राजेश्वरीदेवी साह

रामकुमार सुब्बा

आनन्दी पन्त

इत्तियाकअहमद खान

गीता सिंह 

सरद शर्मा 

सीता लुइँटेल

लीला श्रेष्ठ 

कमला शर्मा

नया पत्रिका बाट