भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतभर ६ हजार १५५ नयाँ संक्रमित थपिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार संक्रमणदर ५.६३ प्रतिशत रहेको छ । साप्ताहिक संक्रमणदर ३.४७ छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अब देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार १९४ पुगेको छ । शुक्रवार देशभरमा कोरोनाका ६ हजार ५० र बिहीवार ५ हजार ३३५ संक्रमित फेला परेका थिए ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजारभन्दा बढी पुगेको छ । उत्तर प्रदेशका उपमुख्यमन्त्री बृजेश पाठकले अस्पतालमा औषधि र उपकरणको बन्दोबस्त मिलाउन स्वास्थ्य विभागलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय