काठमाण्डाै – मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले आफूले कुनै गल्ती नगरेको दोहोर्‍याउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गरेर श्रेष्ठले आफू र आफ्नो पार्टीलाई बदनाम गराउने षड्यन्त्रअनुसार आवाज सम्पादन गरेर अफवाह फैलाइएको आरोप लगाउनुभयो । आफूमाथि लागेको आरोपबारे छानबिन गर्न पार्टीले निलम्बन गरेको विषयलाई स्वागत गरेको उल्लेख गर्दै सांसद श्रेष्ठले अदालतबाट ‘क्लिन चिट’ लिएर फेरि राजनीतिमा सक्रिय हुने बताउनुभयो ।

आफूमाथिको षड्यन्त्रकाे विरुद्धमा न्यायालयमा जाने प्रक्रिया सुरु भइसकेको ढाकाकुमार श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर