काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ ।

अध्यक्ष ओली अस्वस्थ भएकाले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा छलफलका लागि ओली निवास बालकोटमा जानुभएको हो ।

साथमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डे, एमाले प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि बालकोट पुग्नुभएको छ । विगत केही दिनदेखि संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।

आइतवार बिहान सभामुखले बालकोटमा बैठक बोलाए पनि प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा बालकोट नजाँदा बैठक बस्न सकेको थिएन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah