दाङ – दाङकाे घाेराहीमा ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे ज्यान गएको छ । आज साेमवार घाेराही उपमहानगरपालिका वडा नम्बर ११ खैरामा लु २ ख ४८१ नम्बरकाे ट्रकले लु ७३ प ११६२ नम्बरकाे माेटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे ज्यान गएकाे हाे ।
ज्यान जानेमा माेटरसाइकल चालक घाेराही ११ खैराका २६ वर्षीय सन्देश बस्नेत र माेटरसाइकलमा सवार खैराकै १७ वर्षीय गाेपाल विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतमले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र मोटरसाइकलमा सवार विकको घटनास्थलमै ज्यान गएको हो । प्रहरीका अनुसार ट्रकलाई ‘ओभरटेक’ गर्ने क्रममा मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो ।



