रास्वपा सभापति रवि लामिछानेका चालक तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएपछि महामन्त्री मुकुल ढकालका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान पौने ४ बजे चितवनमा रविका चालक घरको तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएका थिए ।

यसैले राति सँगै सुतेका महामन्त्रीका ढकालका चालकलाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

चितवन प्रहरीका अनुसार घाइते भएका लामिछानेका चालक दिलबहादुर थापासँग सुतेका ढकालका चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।

घटनाको मुचुल्का उठाएर प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको जनाएको छ । रक्सी खाएको वा नखाएकोबारे पनि परीक्षण हुँदै गरेको जनाएको छ । के कारणले घटना भएको भन्नेबारे प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको छ ।

गम्भीर घाइते भएका थापाको टाउकोको अप्रेसन गरिएको छ । गम्भीर अवस्थामा उनको चितवनको पुरानो मेडिकल कलेजमा भेन्लिलेटरमा राखेर उपचार भइरहेको छ ।

१० वैशाखमा हुने उपनिर्वाचनकाे चुनावी प्रचारका क्रममा लामिछाने भरतपुर महानगरकाे ११ नम्बर वडास्थित याे घरमा बस्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर