धरान उपमहानगरपालिकाका मेयर हर्क राईले धरानको विकासमा वडाध्यक्षहरू बाधक भएको बताएका छन् ।

साथै उनले उपमहानगरको बैठकमा सहभागी नहुने वडाध्यक्षहरूलाई राजीनामा दिन लगाउनुपर्ने जिकिर गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले नागरिकलाई वडाध्यक्षहरूको राजीनामा माग्न पनि सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् -'धराने जनता हो... तपाइँहरुको बिकास रोकिने भयो ,अब बैठकमा नआउने वडाध्यक्षहरू सबैलाई राजीनामा दिन लगाउनु , म प्रक्रिया मिलाउन सघाउँछु।

अनि उप निर्वाचन गरेर रिक्त वडाध्यक्षहरूको पद पूर्ति गराएर धरानलाई अघि बढाउनु पर्छ !