काठमाडौं । बिहीबार बिहान ६ घण्टा हवाई उडान नहुने भएको छ ।

विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउन बिहीबार बिहान ६ घण्टा हवाई रोकिएको जानकारी दिनुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महानिर्देशक तिवारीका अनुसार बिहान १ बजेदेखि ७ बजेसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थलको सबै उडान बन्द हुनेछ । विमानस्थलको विद्युत आपूर्तिमा अनलाइन यूपीएस जडान गर्ने कार्य भइरहेको छ । त्यसैको लागि बिहीबार बिहान ६ घण्टा उडान अवरुद्ध गर्नुपर्ने भएको हो ।

त्यस अवधिको उडानको लागि टिकट लिएका यात्रुले सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले अनुरोध गरेको छ ।