दमकको ॐ मेची अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी भएकी रुबी शाहको मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको छ।

मृतक शाहको शल्यक्रिया मार्फत छोरी जन्मिएकी थिइन भने
आज उनको डिस्जार्ज हुने कुरा थियो तर स्वास्थ्यमा समस्या देखिएपछि बिर्तामोड स्थित बि एन्ड सि अस्पतालमा थप उपचारको निम्ति रिफर गरिएको भएपनी बिरामीको अस्पताल लाने क्रममा बाटैमा निधन भएको थियो।

सुत्केरीको निधनपछी मृतकका आफन्तहरु अस्पतालको गैर जिम्मेवारीपनका कारण उनको निधन भएको भन्दै अस्पताल परिसरमा आन्दोलनमा उत्रिएका छन।

यसैबीच प्रहरीले अस्पताल गेटबाट प्रवेश गर्न खोजेका हिमशिखर टेलिभिजनका न्युज डेस्क प्रमुख सुदिप अधिकारी र नेपाल पत्रकार महासंघ का झापा जिल्ला सदस्य एवं नयाँ पत्रीका दैनिकका पत्रकार चिरञ्जीवी घिमिरे लाई गेट प्रवेशमा रोक लगाउनुका साथै दुर्ववहार समेत गरेको पत्रकार हरुले जनाएका छन।

मृतकका आफन्तहरु लास अस्पताल परिसरमा राखेर आन्दोलनरत छन भने अस्पताल प्रशासन र मृतकका परिवारविच छलफल चलिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय