सप्तकोशी नदीमा आज नुहाउने क्रममा ३ जना व्यक्ति डुबेका छन।

डुबेका मध्ये एक जनाको शव फेला परेको छ भने २ जना बेपत्ता भएका छन। बेपत्ता भएका मध्ये दुइजना दमकका स्थायी बासिन्दा भएको र एकजना उर्लाबारीका रहेका छन।

दमक–२ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भङ्गालोमा फेला परेको त्यस्तै दमक–९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी–७ का १८ वर्षीय राज गुरागाईंको खोजी भइरहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिएका छन ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गोताखोर टोलीसहित स्थानीयवासीले बेपत्ता दुवै जनाको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय