कुशल मल्लले शुक्रबार एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा ओमानविरुद्ध शतक प्रहार गरेका छन् । ५९ बलमा ९ चौका र ९ छक्कासहित उनले १०१ रन बनाएका हुन् ।

यो मल्लको एकदिवसीय खेलमा करियरकै पहिलो शतक हो । उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने छैटौं खेलाडी हुन् ।
यसअघि नेपालबाट पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख र कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए ।
यसअघि एकदिवसीय खेलमा गत फ्रेब्रुअरीमा स्कटल्यान्डविरुद्ध बनाएको ८१ रन उनको उच्च स्कोर थियो । शुक्रबार मल्ल ९ चौका र १० छक्कासहित ६३ बलमा १०८ रन बनाएर आउट भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय