नयाँ शैक्षिक सत्रको सुरुवातलाई निजी विद्यालयहरूले दसैँको रूपमा लिन्छन् । वर्षभरीको आम्दानी तथा मनग्य नाफा कमाउने सिजनको रूपमा लिने गरेका छन् ।

विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै उनीहरू अभिभावकहरूबाट जति सकिन्छ धेरै पैसा लुट्नतिर लाग्छन् । विभिन्न बाहना बनाएर उनीहरूले अभिभावकको ढाड सेक्ने काम गर्छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो समयमा निजी विद्यालयका सञ्चालक तथा प्रिसिन्सपलहरूका लागि दसैँजस्तै हुन्छ । तर अभिभावकहरूका लागि भने यो समय दशाजस्तै हुन्छ ।

एकातिर दशौँ हजार रूपैयाँ तिरेर छोराछोरीलाई विद्यालयमा भर्ना गराउनुपर्ने हुन्छ भने अर्कोतिर विद्यालयको बारेमा सानो केही कुरा गर्यो वा विद्यालयका बारेमा बोल्यो भने छोराछोरीलाई निकालिदिने धम्की सुन्नुपर्छ । जसले गर्दा अभिभावकहरू आर्थिक सँगसँगै मानसिक रूपमा समस्यामा पर्ने गरेका छन् ।

नयाँ शैक्षिक सत्रको बेला निजी विद्यालयहरू अभिभावकहरूलाई जति सकिन्छ लुट्ने प्रयासमा लाग्ने गरेको अभिभावकहरु बताउँछन् ।

‘नयाँ शैक्षिक सत्रमा आउने भनेको आर्थिक समस्या हो । भर्ना गर्दा किताब किन्नुपर्ने, कापी किन्नुपर्ने, ड्रेस किन्नुपर्ने, फिस तिर्नुपर्ने जस्ता कुराले अभिभावकलाई निकै आर्थिक भार बढाउँछ । विद्यालयका लागि दसैँ हुन्छ । अभिभावकका लागि दशा हुन्छ,’

नयाँ शैक्षिक सत्रको बेला निजी विद्यालयहरूले अनेक शीर्षकमा शुल्क असुल्ने गरेका छन् । कतिसम्म भने एउटै विद्यालयमा पढ्दै आएर माथिल्लो कक्षा चढ्दै गरेको विद्यार्थीलाई समेत प्रत्येक वर्ष भर्ना गराउनुपर्छ । जबकि एउटा विद्यालयमा एक पटक भर्ना भइसकेपछि त्यो विद्यालयको पढाइ नसकिँदासम्म भर्ना शुल्कको नाममा पैसा लिन पाइँदैन ।

तर निजी विद्यालयहरू अनेक बाहनामा शुल्क लिने गरेका छन् ।

निजी विद्यालयहरूले ट्युसन फी, दैनिक क्रियाकलाप शुल्क, कम्प्युटर शुल्क, मेन्टेनेन्स शुल्क, नयाँ भर्ना शुल्क, धरौटी, स्पेसल एक्टिभिटी शुल्क, लाइब्रेरी, परीक्षा शुल्क, साइन्स ल्याब शुल्क, रेगुल स्काउट शुल्क, रिफन्डेबल डिजोजिट, क्वालिटी कन्ट्रोल शुल्क, खाना र खाजा शुल्क लगायतका नाममा शुल्क उठाउँछन् ।