चैत–वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो । यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुनसक्छ ।
गुराँसका बोट अहिले ठिङ्ग्रिङ्गै छन् । चैत–वैशाख ढकमक्क फुल्ने गुराँस यस वर्ष फुलेको देखिएन ।

पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसको झाङ छ, तर गुराँस हो कि होइन भने ठम्याउन निकै मुस्किल छ । किनकि अन्य बोटभन्दा त्यति भिन्नता देखिँदैन ।
पाथीभरा मन्दिरमा प्रत्येक दिन पूजापाठ गर्न जाने आउने तीर्थयात्री एकैछिन उभिएर यसो हेर्ने गर्दछन् । अनि भन्ने गर्दछन् “गुराँस किन फुलेन ।”

विगतका दिनमा पाथिभरा क्षेत्रमा फुलेको गुराँसको रस चुस्न झुम्मिएका अनेक थरिका चरा अनि मौरी । ती चराको आवाजले सङ्गीतमय यात्रा हुने गर्दथ्यो ।
गुराँसका रस चुस्ने अनेक थरिका चराचुरुङ्गी र आफ्नो आहारा बटुल्न आउने ती मौरी अहिले देखिदैनन।

विगतको समयमा पाथीभरा जाने पदमार्गमा कुनै विशिष्ट व्यक्ति वा दुलहीको स्वागत गर्नका लागि बसेको जस्तै पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगुराँसका फूलले सजिएको हुन्थ्यो ।
नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

गुराँसका पात, बोक्रा र फूल मानिस तथा घरपालुवा जनावरका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । अचार, सर्वत र रक्सी बनाउन पनि यो झनै उपयोगी हुन्छ । तर यस वर्ष भने विगतमा फुलेझैँ गुराँस नफुलेको स्थानीय बताउँछन् ।

जलवायु परिवर्तनको कारणले गुराँस फुल्न नसकेको स्थानीय क्षेत्रका मानिसहरु बताउछन । यस वर्ष विगतको जस्तो असोजदेखि अहिलेसम्म खासै वर्षा हुन सकेन । हिमाली भेगमा हिमपात नभई हिउँ पर्ने समय गएको छ । विगतमा चाँदीजस्तै सेताम्य हुने हिमाल कालो चट्टानजस्तै देखिन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah