![](https://www.sawalnepal.com/wp-content/uploads/2023/04/sudan_p71jP14Pvo.jpg)
काठमाण्डाै – आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरु सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।
मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एकजना अधिकारी छन् । उनीहरु अहिले सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
ती अधिकारीमध्ये सुरक्षित गन्तव्यका लागि दुई जना सुडानको छिमेकी देश चाड, एक जना पोर्ट सुडान र एकजना साउथ सुडानतर्फ सडकमार्ग हुँदै पुगेको उहाँले जानकारी दिनुभयो ।